२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । एनआईसी एशिया बैंकले सूर्यविनायक नगरपालिका २, बालकोटमा रहेको बाल विनाय आधारभूत विद्यालयमा ल्यापटप तथा कम्प्युटर सहयोग गरेको छ ।
विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेको जनाएको हो ।
हाल १७० भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विद्यालयमा मिति २०८३ आषाढ २२ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रन्जन खड्का र बैंकका काठमाडौं पूर्वका सर्कल हेड गणेश पौडेलले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सूर्यविनायक नगरपालिका २ का अध्यक्ष जनार्दन खड्का र विद्यालयका प्रधानाध्यापक सविना राजभण्डारीलाई संयुक्त रुपमा एक थान ल्यापटप र ३ थान डेस्कटप कम्प्युटर हस्तान्तरण गरे ।
सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीहरू र बैंकका तर्फबाट बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij