Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी


  • 1.1K
    Shares

    मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ । 

    आर्थिक अनुसन्धान विभागबाट तयार पारेको आर्थिक वर्ष २०८३\८४ को मौद्रिक नीतिको मस्यौदा तयार गरेसँगै उक्त नीति सार्वजनिक गर्ने तयारी थालिएको हो । 

    यसका लागि राष्ट्र बैंकले व्यवस्थापनको बैठक बोलाएको छ । विभागबाट आएको मौद्रिक नीति व्यवस्थापनबाट पारित भएपछि सञ्चालक समिति बैठक बोलाइने र त्यसबाट पारित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको गभर्नर कार्यालयले जनाएको छ । 

    राष्ट्र बैंककी सहप्रवक्ता सुधा श्रेष्ठ पनि मौद्रिक नीतिबारे छलफल गर्न बैठक बोलाइएको बताउँछिन् र यद्यपि बैठकबाट पास भएपछि मात्रै कहिले सार्वजनिक हुन्छ भन्ने निश्चित हुने उनको भनाइ छ । 

    चालु आर्थिक वर्षको बजेटले ७ प्रतिशतको आर्थिक वृद्धि र ६ प्रतिशतको मुद्रास्फीति कायम गर्ने लक्ष्य राखेको छ ।

     

     

    images
    प्रकाशित मिति :आषाढ २३ २०८३ मंगलवार - १०:४०:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij