२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुर स्थित एशियन बैंकिङ्ग एण्ड फाइनान्स (ABF)द्धारा होलसेल बैंकिङ्ग अवार्ड २०२६ अन्तर्गत “ Nepal Domestic Liquidity Management Bank of the YearÆ, æNepal Domestic Trade Finance Bank of the Year”, तथा रिटेल बैंकिङ्ग अवार्ड २०२६ अन्तर्गत “Domestic Retail Bank of the Year- Nepal” र “SME Bank of the Year- Nepal” बाट सम्मानित भएको छ । यी अन्तर्राष्ट्रिय सम्मानहरूले बैंकले प्रदान गरिरहेको होलसेल तथा रिटेल बैंकिङ्ग सेवाहरूमा तरलता व्यवस्थापन, व्यापार वित्त, उत्कृष्ट बैंकिङ अभ्यास तथा नवप्रवर्तनप्रति बैंककोे अटल प्रतिबद्धतालाई जोड दिएको छ ।
यस अवसरमा हामीप्रति निरन्तर विश्वासका साथ सहकार्य गर्नुहुने हाम्रा आदरणीय सेयरधनी तथा ग्राहकहरूमा हार्दिक आभार व्यक्त गरेको छ । साथै, हाम्रो उन्नति र सफलतामा महत्वपूर्ण भूमिका खेल्नुहुने नियामक निकायहरूबाट प्राप्त मार्गदर्शन र सहयोगप्रति हामी हार्दिक कृतज्ञता व्यक्त गरेको हो । यसले हामीलाई हाम्रा सेवाहरू अझ सुदृढ बनाउन तथा राष्ट्रको आर्थिक विकास र समृद्धिमा योगदान पु¥याउन प्रेरित गर्दछ ।
नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij