Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

रास्वपा नेतृ समीक्षा बाँस्कोटाद्वारा उपसभापति पदको उम्मेदवारी फिर्ता

रास्वपा नेतृ समीक्षा बाँस्कोटाद्वारा उपसभापति पदको उम्मेदवारी फिर्ता


  • 1.0K
    Shares

    रास्वपा नेतृ समीक्षा बाँस्कोटाद्वारा उपसभापति पदको उम्मेदवारी फिर्ता
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ समीक्षा बाँस्कोटाले पार्टीको उपसभापति पदको उम्मेदवारी फिर्ता लिएकी छन्। चितवनमा जारी पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनका क्रममा शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी हुन्।

    बाँस्कोटाले पार्टीलाई अझ एकताबद्ध बनाउन र सही लयमा अघि बढाउने उद्देश्यका साथ आफूले उपसभापति पदको दाबी छोडेको स्पष्ट पारेकी छन्।फेसबुकमा लेख्दै उनले भनेकी छन्, ‘कहिलेकाहीँ संस्थालाई बलियो बनाउन केवल दाबी गर्नु मात्र नभई आवश्यक पर्दा एक कदम पछाडि हट्न सक्नु पनि परिपक्व र बुद्धिमानीपूर्ण राजनीतिक निर्णय हुन्छ।

    ’यसअघि भएको निर्वाचनमा केन्द्रीय सदस्य पदमा निर्वाचित भइसकेकी बाँस्कोटाले आफूलाई अमूल्य मत दिएर विजयी गराउने सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेकी छन्।

    साथै, प्रतिनिधिहरूले आफूमाथि गरेको विश्वासलाई पार्टी, देश र जनताको हितमा इमानदारीपूर्वक निभाउने प्रतिबद्धता समेत उनले जनाएकी छन्।  बाँस्कोटाको उम्मेदवारी फिर्तासँगै अब रास्वपाको महिला उपसभापति पदका लागि सोविता गौतम र डा। तोसिमा कार्कीबीच मात्रै प्रत्यक्ष प्रतिस्पर्धा हुने निश्चित भएको छ।

    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - ११:२३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij