२०८३ कार्तिक २ गते आइतवार
काठमाडौं । काठमाडौंमा एक बालिका बलात्कृत भएकी छिन् । बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका-१० घर भइ कोटेश्वर बस्ने २२ वर्षीय गणेश विश्वकर्मा रहेका छन् ।
बलात्कार उजुरी परेपछि मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij