Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइँदै

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइँदै


  • 981
    Shares

    विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइँदै
    images

    काठमाडौं । सम्पत्ति शुद्धीकरण अभियोगमा सोमबार सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई आज (मंगलबार) काठमाडौँस्थित विशेष अदालतमा उपस्थित गराइँदै छ।

    एमालेको पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई सोमबार साँझ होटलबाट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो। सुर्खेतबाट सोमबारै साँझ बाँकेको नेपालगन्ज पुर्‍याइएका उनलाई त्यहाँबाट गाडीमार्फत काठमाडौँ ल्याइँदै छ। 

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका सूचना अधिकारी उत्तमकुमार घिमिरेका अनुसार काठमाडौँ ल्याइपुर्‍याएपछि पौडेललाई सुरुमा विभागको कार्यालयमा लगिनेछ। "त्यसपछि म्याद थपको प्रक्रियाका लागि विशेष सरकारी वकिल कार्यालय माइतीघर लगेर त्यहाँबाट विशेष अदालतमा उपस्थित गराइने छ," घिमिरेले मंगलबार बिहान जानकारी दिए।

    उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अगाडि बढाइएको विभागले जनाएको छ। सोमबार सुर्खेतमा पक्राउ गर्नुअघि विभागको टोलीले ललितपुरको भैँसेपाटीस्थित पौडेलको निवासमा छापा मारेको थियो। छापा मार्ने क्रममा विभागले उनको निवासबाट केही डिजिटल उपकरण र महत्त्वपूर्ण कागजातहरू बरामद गरेको छ। 

     

    प्रकाशित मिति :आषाढ ९ २०८३ मंगलवार - १२:२६:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij