Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

रास्वपा महाधिवेशनमा बिहान खसीको मासु, बेलुका मिक्स भेज

रास्वपा महाधिवेशनमा बिहान खसीको मासु, बेलुका मिक्स भेज


  • 1.4K
    Shares

    रास्वपा महाधिवेशनमा बिहान खसीको मासु, बेलुका मिक्स भेज
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हिजोदेखि सुरु भएको पहिलो महाधिवेशनको बन्दसत्रको कार्यक्रम आजदेखि सुरु हुँदैछ ।

    देशभरका विभिन्न जिल्ला, प्रवास, विभिन्न तहका कमिटीबाट झण्डैं ४१ सय प्रतिनिधि महाविधेशनमा सहभागी हुन आएका छन् । 

    अधिकांश प्रतिनिधिहरू हिजो नै महाधिवेशनस्थलमा आएका छन् । पार्टीको समन्वयमा आफैंले होटल खोजेर बसेका महाधिवेशन प्रतिनिधिहरूको खानपानको व्यवस्थापन भने आज बिहानबाट सुरु भएको छ ।

    महाविधेशनस्थलमा विहान ७ बजेदेखि ब्रेकफास्ट सुरु भएको छ । महाधिवेशनका प्रतिनिधिहरूलाई बिहान ब्रेकफास्ट, बिहानको खाना, दिउँसो हाइटी र बेलुकाको खानाको व्यवस्था रास्वपाले गरेको छ ।

    प्रतिनिधिहरुलाई बिहान खसीको मासु र भात खुवाइने छ । ४१ सय प्रतिनिधि र अन्य सहभागीलाई बिहानको खानाका लागि मात्रै दैनिक झण्डै ८ क्विन्टल खसीको मासुको व्यवस्था गरिएको छ ।

    बेलुका भने मिक्स भेज तरकारी खुवाइनेछ । दियालो फुडल्याण्ड क्षेत्रपुर नारायणगढले ३ दिनका लागि खानाको व्यवस्थापनको जिम्मेवारी लिएको छ ।

    बिहान र बेलुकाको खानामा कम्तीमा १० आइटम राखिनेछ । मासु नखानेहरुलाई पनिर, च्याउको व्यवस्था हुनेछ, साथमा सिजनल तरकारी पनि राखिने छ ।

     

    प्रकाशित मिति :आषाढ ८ २०८३ सोमवार - १२:३५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij