२०८२ माघ ७ गते बुधवार
सामान्य काम गरेर साइड बिजनेसको रूपमा मोडलिङ गर्ने एक युवति यतिबेला भने मालामाल भएकी छिन् ।अमेरिकाकी २२ वर्षीय युवति डिजायर गेटोले साइड बिजनेसको रूपमा सुरू गरेको मोडलिङले उनलाई ठूलो आर्थिक स्रोत जुटाइरहेको छ ।
ती युवतीले खुट्टाको तस्बीर बेचेर नै ८ हजार पाउण्ड अर्थात नेपाली १२ लाख ५० हजारमा कमाएको खुलासा गरेकी छिन् । उनको खुट्टाको फोटो अनलाइनमा त्यति ठूलो रकममा बिक्री भएको हो ।
उनको खुट्टाप्रति मान्छेको आकर्षण बढ्दै गइरहेको थाहा पाएपछि अनलाइनमा फोटो बेच्ने बनसाय बनाएकी थिइन् । उनलाई यो कामले राम्रै फाइदा दिइरहेको छ ।
इन्स्टाग्राममा पनि उनका फलोअरको संख्या उल्लेख्य मात्रामा बढेको बेलायति पत्रिका मिररमा प्रकाशित छ । उनले औसतमा खुट्टाको फोटो बेचेर नै मासिक १० हजार पाउण्ड कमाउने गरेको रिपोर्ट प्रकाशित छ । एजेन्सी
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij