Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

१३ वर्षीय अफगानी बालक विमानको पांग्रामा बसेर आइपुगे दिल्ली, चिकित्सक छक्क

१३ वर्षीय अफगानी बालक विमानको पांग्रामा बसेर आइपुगे दिल्ली, चिकित्सक छक्क


  • 855
    Shares

    १३ वर्षीय अफगानी बालक विमानको पांग्रामा बसेर आइपुगे दिल्ली, चिकित्सक छक्क
    images

    काठमाडौं । भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ को प्रतिबन्धित क्षेत्रमा एक किशोरलाई घुमिरहेको देखेपछि सोधपुछ गर्दा सार्वजनिक भएको तथ्यले सबैलाई अचम्मित बनाएको छ ।

    ती बालक अफगानिस्तानबाट विमानको पांग्रामा लुकेर भारत आएका थिए । १३ वर्षीय ती बालक ३० हजार फिटको उचाइमा ९४ मिनेटसम्म जीवित रहेको पाइएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

    ती अफगानी बालकले इरान भाग्ने योजना बनाएका थिए । तर, गलत विमानमा चढे र सिधै दिल्ली आइपुगे ।

    उनी काबुलबाट केएएम एयरको फ्लाइट आरक्यू ४४०१ मार्फत दिल्ली आएका थिए । त्यो विकानको उडान समय करिब ९४ मिनेट थियो ।

    सबैभन्दा आश्चर्यको कुरा के हो भने उनी पूरै यात्राका क्रममा विमानको पछाडिको पांग्राको माथिल्लो भागमा बसेका थिए । त्यो त्यस्तो स्थानमा जहाँ अक्सिजनको धेरै कमी हुन्छ । र, तापक्रम माइनस ६० डिग्री सेल्सियससम्म झर्छ ।

    बालकले आफू काबुल एयरपोर्टमा यात्रुको पछिपछि गाडीमार्फत प्रवेश गरेको र त्यसपछि रनवेमा विमाननजिक पुगेर ह्वील वेलमा लुकेको बताएका छन् । उनी नाबालिग भएकाले कानुनी कारबाही हुँदैन । तर, यो घटनापछि काबुल एयरपोर्टको सुरक्षामाथि गम्भीर प्रश्न गरिएको छ ।

    विज्ञले उनी जीवित रहनु कुनै चमत्कारभन्दा कम नरहेको बताएका छन् । एक उड्डयनविज्ञ क्याप्टेन मोहन रंगनाथनका अनुसार, यस्तो यात्रा लगभग असम्भव हुन्छ । उनले भने, “टेक–अफपछि पांग्रा भित्र सर्छ र ढोका बन्द हुन्छ, जसले गर्दा ह्वील वेलमा सीमित चाप र तापक्रम बन्न सक्छ । तर, यस उचाइमा जीवित रहनु अत्यन्तै कठिन हुन्छ ।”

    १० हजार फिटभन्दा माथि अक्सिजनको स्तर धेरै कम हुन्छ र मानिस केही मिनेटमै बेहोस हुने चिकित्सकको भनाइ छ । तापक्रम माइनस ५० डिग्री सेल्सियस पुगे शरीरमा गम्भीर हाइपोथर्मिया हुनसक्छ । यस्तो अवस्थामा जीवित रहने सम्भावना केवल २० प्रतिशत मात्र हुने चिकित्सकको भनाइ छ ।

    भारतमा यसप्रकारको यो दोस्रो घटना हो । सन् १९९६ मा दिल्लीका दुई युवक ब्रिटिस एयरवेज फ्लाइटको ह्वील वेलमा लुकेर लन्डन पुगेका थिए । उक्त घटनामा एकजनाको मृत्यु भएको थियो । अर्को युवक बाँच्न सफल भएका थिए ।

    प्रकाशित मिति :आश्विन ७ २०८२ मंगलवार - ११:४६:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij