Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

ब्राजिलमा कोरोना संक्रमितको संख्या ६६ लाख नाघ्यो

ब्राजिलमा कोरोना संक्रमितको संख्या ६६ लाख नाघ्यो


  • 10.7K
    Shares

    ब्राजिलमा कोरोना संक्रमितको संख्या ६६ लाख नाघ्यो

    दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोना भाइरसको संक्रमण पछिल्लो समयमा झन धेरै बढ्दो मात्रामा देखिएको बताइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला दिनहरुमा यहाँका संक्रमितहरु बढेसँगै यहाँका संक्रमितको संख्या पनि ६६ लाखभन्दा बढी पुगेको बताइएको छ । 

    ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्मको तथ्यांकमा यहाँ संक्रमितहरुको संख्या ६६ लाख नाघेको हो । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र २६ हजार ६६३ जना संक्रमित थपिएका छन् । 

    यस अवधिमा यहाँका ३१३ जनाको मृत्यु पनि भएको छ । ब्राजिलमा हालसम्म भएका मृत्युहरुमा यसलाई धेरै जनाको मृत्युका रुपमा लिइएको छ । कोरोनाभाइरसबाट विश्वमै ब्राजिल दोस्रो सर्वाधिक असर परेको मुलुक हो । मृत्यु संख्याका दृष्टिबाट संयुक्तराज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । 

    ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार यहाँ यस भाइरसबाट ज्यान जानेको संख्या १ लाख ७६ हजारभन्दा बढी पुगेको छ । सो मन्त्रालयले यहाँ कोरोना भाइरसको संक्रमणबाट १ लाख ७६ हजार ९४१ जनाको मृत्यु भइसकेको जनाएको छ । यहाँका ५८ लाख जना नागरिक भने निको भएका छन् । 

    प्रकाशित मिति :मंसिर २२ २०७७ सोमवार - १३:१५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij