Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

प्रधानमन्त्री बालेनको प्रष्टीकरण: ‘बिदाको दिन जिस्किन्छु, यो समस्या होइन’

प्रधानमन्त्री बालेनको प्रष्टीकरण: ‘बिदाको दिन जिस्किन्छु, यो समस्या होइन’


  • 1.0K
    Shares

    प्रधानमन्त्री बालेनको प्रष्टीकरण: ‘बिदाको दिन जिस्किन्छु, यो समस्या होइन’
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वभाव र कार्यशैलीबारे धारणा सार्वजनिक गरेका छन् । आइतबार राति फेसबुकमार्फत एक पोस्ट गर्दै उनले बिदाको दिनमा आफू केही अनौपचारिक हुने गरेको स्पष्ट पारेका हुन्।

    हप्ताभर काम गरेपछि फुर्सदको समयमा जिस्किने बानीलाई समस्याको रूपमा नलिन उनले आग्रह गरेका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन्, “हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन ! दुख त्यो दिन मान्नु, जुन दिन म जिस्किन छोड्छु !” । 

    पछिल्लो समय प्रधानमन्त्रीको पदको गरिमा र सामाजिक सञ्जालमा उनको प्रस्तुतिलाई लिएर विभिन्न कोणबाट बहस र आलोचना भइरहेका बेला उनको यस्तो जवाफ आएको हो। उनले मन्त्रिपरिषद्का दुई मन्त्रीलाई अँगालो मारेको तस्बिर सार्वजनिक गर्दै उनीहरूलाई ‘देश बनाउने टोली’ भनी उल्लेख गरेका थिए।

    सामाजिक सञ्जालमा आफ्नो अनौपचारिक शैलीका कारण चर्चा र विवादमा परिरहने शाहले आफू जिस्किन छाडेको दिन मात्र चिन्ता गर्नुपर्ने भन्दै आलोचकहरूलाई जवाफ दिएका छन्।

      balen post.JPG

    प्रकाशित मिति :आषाढ १ २०८३ सोमवार - १०:३८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij