Logo

२०८२ भाद्र १३ गते शुक्रवार

२०८२ भाद्र १३ गते शुक्रवार

भारतमा दोस्रो लहरको कोरोनाका कारण ५९४ चिकित्सकको मृत्यु

भारतमा दोस्रो लहरको कोरोनाका कारण ५९४ चिकित्सकको मृत्यु


  • 5.3K
    Shares

    भारतमा दोस्रो लहरको कोरोनाका कारण ५९४ चिकित्सकको मृत्यु
    images

    भारतमा कोरोना संक्रमणको दोस्रो लहर जारी छ । यसअघि, दैनिक चार लाख नयाँ संक्रमित थपिँदै आएकोमा अहिले संक्रमण दरमा भने केही कमी आएको छ । तर, खतरा अझै टरेको छैन ।

    कोरोना संक्रमणकैबीच न्युज एजेन्सी एएनआईले ‘इन्डियन मेडिकल एसोसिएसन’लाई उद्धृत गर्दै दोस्रो लहरका क्रममा ५९४ चिकित्सकहरुले ज्यान गुमाएको उल्लेख गरेको छ ।

    रिपोर्टमा सबैभन्दा बढी मृत्यु राजधानी नयाँ दिल्लीमा भएको बताइएको छ । देशको राजधानी दिल्लीमा दोस्रो लहरमा १०७ चिकित्सकहरुको मृत्यु भएको छ ।

    दोस्रोमा बिहार रहेको छ । जहाँ ९६ जना चिकित्सकले ज्यान गुमाएका छन् । यस्तै, उत्तर प्रदेशमा ६७ चिकित्सकको मृत्यु भएको छ ।

    प्रकाशित मिति :जेठ १९ २०७८ बुधवार - ११:४७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij