२०८२ भाद्र १२ गते बिहिवार
पोखरा । पोखराका कलाकार तथा संस्कृतिकर्मी मेनकाजी गुरुङको निधन भएको छ । मुटुरोगका बिरामी गुरुङको सोमबार राति उपचारक्रममा फिस्टेल अस्पतालमा निधन भएको हो । उनी केही समयअघि मात्र कोरोना संक्रमणमुक्त भएका थिए । मुटुमा थप समस्या भएपछि गत साता अस्पताल भर्ना गरिएको थियो ।
हिमाली सांस्कृतिक परिवारका अध्यक्षसमेत रहेका गुरुङकी श्रीमती मीराको ३० वैशाखमा कोरोना संक्रमणका कारण निधन भएको थियो । मेनकाजीलाई कोरोना लागेपछि श्रीमतीलाई देखिएको थियो । कास्कीको सिक्लेसका मेनकाजी पोखरा नयाँ गाउँ बस्थे । उनका एक छोरा र एक छोरी छन् ।
उनी विगत तीन दशकभन्दा लामो समयदेखि कला क्षेत्रमा सक्रिय थिए । नृत्य, अभिनयलगायतका विविध कलामा सक्रिय गुरुङको निधनले पोखराले एक होनहार कलाकार तथा संस्कृतिकर्मी गुमाएको यहाँका स्रष्टाले बताएका छन् ।
पोखराको कला, संस्कृति संरक्षण एवं प्रवद्र्धनमा उनको अतुलनीय योगदान रहेको हिमाली सांस्कृतिक परिवारका संरक्षक नरबहादुर शेरचनले बताए । उनले अन्य समुदायले पनि पञ्चेबाजा बाजा बजाउनुपर्छ भन्दै केही वर्ष अघिबाट यो अभियान पनि थालेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij