Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

अर्थमन्त्रीको चेतावनी: ‘तपाईंका काण्डहरू थाहा नभएको हो र, ती पनि खुल्नेछन्’

अर्थमन्त्रीको चेतावनी: ‘तपाईंका काण्डहरू थाहा नभएको हो र, ती पनि खुल्नेछन्’


  • 960
    Shares

    अर्थमन्त्रीको चेतावनी: ‘तपाईंका काण्डहरू थाहा नभएको हो र, ती पनि खुल्नेछन्’
    images

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपहरूको प्रतिवाद गर्दै अनियमितता प्रमाणित भए पद त्याग गर्ने घोषणा गरेका छन्।

    बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रश्न उठाउने सांसदहरूका पुराना काण्डहरू समेत सार्वजनिक हुने चेतावनी दिएका छन् । अर्थ मन्त्रालयमा बसेर करका दरमार्फत निश्चित व्यापारीलाई पोसेको भन्ने आरोपको खण्डन गर्दै उनले आफूमाथि लागेको २ अर्बको आशङ्का निराधार रहेको दाबी गरेका छन् ।  

    उनले सार्वजनिक लेखा समितिमा समेत आफू विरुद्ध आएका समाचारहरूको खण्डन गरेको उल्लेख गर्दै जनताले सुशासनका लागि दिएको मतको अपमान नगर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सुशासनको कठोर प्रतिवद्धतासहित आएको दुई महिनामै जनतालाई धोका दिन नसकिने जिकिर गर्दै उनले आफूमाथि औंलो ठड्याउनेहरूलाई पनि नैतिक उचाइ कायम राख्न चुनौती दिएका छन् ।

    उहाँले आफ्नो बारेमा प्रश्न उठाउने सांसदहरुलाई तपाईंहरुको पनि काण्डहरु थाहा नभएको हो रु भन्दै प्रश्न समेत गरेका छन्। 

     

    प्रकाशित मिति :जेठ २८ २०८३ बिहिवार - १७:०९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij