Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

अर्थमन्त्री वाग्ले भने: यो कम्युनिस्ट पार्टीले ल्याएको बजेट होइन

अर्थमन्त्री वाग्ले भने: यो कम्युनिस्ट पार्टीले ल्याएको बजेट होइन


  • 1.2K
    Shares

    अर्थमन्त्री वाग्ले भने: यो कम्युनिस्ट पार्टीले ल्याएको बजेट होइन
    images

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कम्युनिस्ट पार्टी ल्याएको नभएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याएको कार्यक्रम भएकाले फरक रहेको जिकिर गरेका छन्। 

    प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको उत्तर दिने क्रममा अर्थमन्त्री डा. वाग्लेले गरिबी घटाउने र श्रमिकलाई सुरक्षित रोजगारी सिर्जना गर्ने गरी बजेट ल्याएको बताएका छन्।

    उनले मजदूरको पक्षमा पनि बजेट केन्द्रित भएको बताएका छन्। व्यवस्थित श्रम बजार सिर्जना गर्ने गरी बजेट ल्याएको उनको दाबी थियो। 

    ‘राष्ट्रिय श्रम दर्ता प्रणालीको कल्पना गरिएको छ। अनिवार्य लिखित श्रम सम्झौता, न्युनतम ज्याला कार्यान्वयन, बैंकमार्फत पारिश्रमिकको भुक्तानी, बिमा, कार्यस्थल सुरक्षा, श्रम न्यायाधीकरण तथा सामाजिक सुरक्षा विस्तार जस्ता सुधारमार्फत लाखौँ श्रमिकलाई सुरक्षित र औपचारिक श्रम बजारमा आबद्ध गर्ने आधार तयार गरिएको छ,’ अर्थमन्त्री डा. वाग्लेले भने, ‘यो कुनै कम्युनिस्ट पार्टीले ल्याएको कार्यक्रम होइन, यो राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको कार्यक्रम हो।’ 

    प्रकाशित मिति :जेठ २८ २०८३ बिहिवार - १६:५५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij