२०८२ भाद्र १२ गते बिहिवार
तनहुँ । तनहुँमा एक महिला मृत भेटिएकी छन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ घर भएकी ५५ वर्षीया निरीमाया पाइजा मगर मृत फेला परेको प्रहरीले जनाएको छ। उनी तनहुँ शुक्लागण्डकी–२, चुङ्गेडाँडामा बस्ने गरेकी थिइन् ।
हलेदीस्थित सेती नदीको किनारमा मंगलबार ती महिला मृत फेला परेकी हुन् । हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी निरीक्षक खड्काले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए । रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij