Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

बालुवाटारको 'मारिया हस्पिटल' अवैध ठहर, सिलबन्दी गर्न जिल्ला प्रशासन र प्रहरीलाई पत्राचार

बालुवाटारको 'मारिया हस्पिटल' अवैध ठहर, सिलबन्दी गर्न जिल्ला प्रशासन र प्रहरीलाई पत्राचार


  • 1.0K
    Shares

    बालुवाटारको 'मारिया हस्पिटल' अवैध ठहर, सिलबन्दी गर्न जिल्ला प्रशासन र प्रहरीलाई पत्राचार
    images

    काठमाडौं । काठमाडौं महानगरपालिका, बालुवाटारमा सञ्चालित मारिया हस्पिटल पूर्ण रूपमा गैरकानुनी र मापदण्डविपरीत रहेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले भौतिक रूपमै बन्द (सिलबन्दी) गर्न कानुनी प्रक्रिया अगाडि बढाएको छ।

    अनुगमनका क्रममा अस्पतालले विदेशी चिकित्सकहरू मार्फत अवैध रूपमा बिरामीको स्वास्थ्य परीक्षण गराइरहेको भेटिएपछि काउन्सिलले उक्त कडा कानुनी कारबाही अगाडि बढाएको हो। काउन्सिलले आज बिहीबार एक सूचना जारी गराउँदै यो विषयमा जानकारी गराएको हो । 

    काउन्सिलले चिकित्सा अभ्यासमा संलग्न तीन जना चिनियाँ चिकित्सकहरूको अस्थायी दर्ता तत्कालका लागि निलम्बन गरेको छ। साथै, सो अवैध संस्थाको बोर्डमा नाम राखी आचारसंहिता उल्लङ्घन गर्ने नेपाली चिकित्सकहरूलाई समेत तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ। 

    उक्त अस्पताललाई भौतिक रूपमा बन्द गर्न र सञ्चालकहरूमाथि कारबाही अगाडि बढाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौँमा पत्राचार गरिसकिएको छ । 

    नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेका अनुसार जनस्वास्थ्यमा खेलबाड गर्ने र काउन्सिलको आचारसंहिता विपरीत कार्य गर्ने जो कोहीलाई पनि कानुन बमोजिम कडा दायरामा ल्याउन काउन्सिल प्रतिबद्ध रहेको छ। 

    1_OAb9SJxMGN (1).jpg

    2_ZmXc3lYq3a.jpg

     

    प्रकाशित मिति :जेठ २८ २०८३ बिहिवार - १०:५४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij