Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन


  • 876
    Shares

    १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
    images

    काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति गठन भएको छ।

    सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा नियमावलीको नियम १३ बमोजिम १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति प्रतिनिधि सभा बैठकमा घोषणा गरेका हुन्।

    सदनको कामकारबाही, समय व्यवस्थापन र बैठक सञ्चालनलाई व्यवस्थित तथा प्रभावकारी बनाउन सभामुखको अध्यक्षतामा यो समिति गठन गरिएको हो। नवगठित समितिमा प्रतिनिधि सभाका विभिन्न राजनीतिक दलका सांसदहरूलाई समेटिएको छ।

    समिति सदस्यहरूमा डा।अचुतम लामिछाने, आर्यन राई, ऐनबहादुर महर, कविन्द्र बुर्लाकोटी, क्रान्तिशिखा धिताल, खुश्बु ओली, देवराज पाठक, निष्कल राई निशा डाँगी, प्रकाशचन्द्र परियार, वासना थापा, युवराज दुलाल, राजन गौतम, राम लामा र विपिनकुमार आचार्य रहेका छन्।

    प्रकाशित मिति :जेठ २७ २०८३ बुधवार - १७:४१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij