Logo

२०८३ कार्तिक २ गते आइतवार

२०८३ कार्तिक २ गते आइतवार

वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा, के छ कारण ?

वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा, के छ कारण ?


  • 1.0K
    Shares

    वीरगन्जका मेयर राजेशमान सिंह निलम्बनमा, के छ कारण ?
    images

    काठमाडौं । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख ९मेयर० राजेशमान सिंह निलम्बनमा परेका छन्।

    सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर सिंहविरुद्ध विशेष अदालत काठमाडौंमा अर्काको छोरीलाई आफ्नो छोरी भन्दै झूटो विवरणका आधारमा नागरिकता दिलाएको ठहरसहित मुद्दा दायर गरेसँगै सिंह निलम्बनमा परेका हुन् ।

    भ्रष्टाचार मुद्दा दायर भएपछि सार्वजनिक पदमा भएका व्यक्तिको पद निलम्बन हुने कानुनी व्यवस्था छ। सिंहले सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका–१० की रिता भट्टराईकी छोरीलाई आफ्नै छोरी ‘रुविना श्रेष्ठ’ कायम गरी नागरिकता दिलाएका थिए । 

    यस कार्यमा वीरगन्ज महानगरपालिकाका तत्कालीन कर्मचारी, जिल्ला प्रशासन कार्यालयका अधिकृत र गृह मन्त्रालयका छानबिन समितिका सदस्यहरूको समेत मिलेमतो देखिएको अख्तियारको ठहर छ । अनुसन्धानका क्रममा मेयर सिंहले रुविना श्रेष्ठको जन्म दर्ता बनाउन आफैँ सूचक बनेर २०७१ कात्तिक २० गते वीरगन्ज वडा नम्बर ३ को कार्यालयमा फाराम भरेका थिए ।

    सोही नक्कली जन्मदर्ताका आधारमा २०७५ साउन १३ गते जिल्ला प्रशासन कार्यालय, पर्साबाट नागरिकता जारी गराइएको थियो ।अख्तियारले मेयर सिंह र बालिकाकी जैविक आमा रिता भट्टराईलाई मुख्य मतियारको रूपमा मुद्दा दायर गरेको छ ।

    प्रकाशित मिति :जेठ २५ २०८३ सोमवार - १७:३५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij