Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

इजलास गठन विवाद : प्रधानन्यायाधीश जबराले सर्वोच्च बारका पदाधिकारीसँग छलफल गर्दै

इजलास गठन विवाद : प्रधानन्यायाधीश जबराले सर्वोच्च बारका पदाधिकारीसँग छलफल गर्दै


  • 5.7K
    Shares

    इजलास गठन विवाद : प्रधानन्यायाधीश जबराले सर्वोच्च बारका पदाधिकारीसँग छलफल गर्दै
    images

    काठमाडौँ । संवैधानिक इजलास गठनबारे भएको विवादका बारेमा कुरा गर्न सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेट्न गएका छन् ।

    एसोसियसनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, सचिव ऋषिराम घिमिरे, सदस्यहरू अनन्तराज लुइँटेल र विकास भट्टराई प्रधानन्यायाधीश जबरालाई भेटन् गएका हुन् ।

    अध्यक्ष शाक्यले इजलास गठन विवादरहित बनाउन भनेर प्रधानन्यायाधीशको ध्यानाकर्षण गराउन गएको बताए । अहिले पनि प्रधानन्यायाधी जबरा र एसोसियसनका पदाधिकारीबीच छलफल भइरहेको छ ।

    प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि गठन गरिएको संवैधानिक इजलासमा न्यायाधीशद्वय तेजकुमार केसी र बमकुमार श्रेष्ठलाई राखिएको भने रिट निवेदकका तर्फका वकिलहरूले प्रश्न उठाएका छन् ।

    नेकपाको आधिकारिकतासम्बन्धी मुद्दाको सुनुवाइ गरेकाले केसी र श्रेष्ठ अहिलेको इजलासमा बस्न नहुने उनीहरुको तर्क रहेको छ ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा मंगलबार पनि यसअघिकै संवैधानिक इजलासलाई निरन्तरता दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आफूसहित न्यायाधीशहरु दीपककुमार कार्की, डा। आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास तोकेका हुन् ।

    प्रकाशित मिति :जेठ १८ २०७८ मंगलवार - ११:४३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij