Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

आजको राशिफलः २०८३ जेठ १७ गते आइतबार

आजको राशिफलः २०८३ जेठ १७ गते आइतबार


  • 1.3K
    Shares

    आजको राशिफलः २०८३ जेठ १७ गते आइतबार
    images

    आज २०८३ जेठ १७ गते आइतबार, अधिक जेठ शुक्ल पूर्णिमा, विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस, शक संवत् १९४७, नेपाल संवत् ११४६, May 31, 2026

    मेष : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति फिर्ता हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको प्रयासबाट फाइदा हुनेछ। खर्च गर्दा सचेत हुनुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    वृष : तपाईंको बोलीमा सरस्वतीको बास हुनेछ। परोपकारमा बोलीको प्रयोग गर्नु उचित हुनेछ। पूर्वको लामो यात्रा नगर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

    मिथुन : दिन राम्रो छ। सोचेका काम बन्नेछन्। परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। बोली र व्यवहारमा एकरुपता हुनुपर्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ।

    कर्कट : सञ्चित धन खर्च हुनेछ। जसले तपाईंको मन उदास हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट शिक्षामा फाइदा हुनेछ। राज्यको तर्फबाट त्रास बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ

    सिंह : आफ्नै बोलीका कारण पश्चाताप हुनसक्छ। पुरानो कुराको सम्झनाले तनाव बढ्नेछ। व्यापारमा मिहिनेतको खाँचो देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    कन्या : शिक्षामा गरेको प्रयास सफल बन्नेछ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ। परिवारको निगरानी रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ।

    तुला : तपाईंले गरेको श्रमको फाइदा अरुले लिने जोखिम छ। धार्मिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा नाफा हुने दिन छ। अग्रजसँगको अन्तरक्रियाले मन हलुका हुनेछ।

    वृश्चिक : आज पूराना मित्रसँगको भेटले मनमा खुसी मिल्नेछ। नयाँ योजना बन्न सक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ। परिवारको साथ र सहयोग हुनेछ। ठुलालाई सम्मान गर्दा फाइदा हुनेछ।

    धनु : धनलक्ष्मी योग परेको छ। व्यापारमा नाफा हुनेछ। राजनीतिमा सेवाको अवसर मिल्नेछ। विरोधी सक्रिय भएकाले सचेत बन्नुपर्ने समय छ।  परिवारको साथ र सहयोग हुनेछ।  मन शान्त बन्नेछ ।

    मकर : आज बोलीको प्रभाव बढ्नेछ। आम्दानी हुनेछ। कतै घुमफिरको योजना तय हुनसक्छ। पारिवारिक मेलमिलाप हुनेछ। मिहिनेतको फल मिल्नेछ । शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ ।

    कुम्भ : एकल निर्णय घातक हुनेछ। सञ्चित धन खर्च हुनेछ। बौद्धिक साथीको सहयोग लिएर लगानी गरेमा फाइदा हुनेछ। मानसिक चिन्ता बढ्ने जोखिम छ। संकटमा परिवारको साथ मिल्नेछ।

    मीन : मनमा चिन्ता बढ्नेछ। व्यापारमा संयुक्त लगानी गरेमा फाइदा हुनेछ। रोगले सताउने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीसँगको सहकार्य सफल बन्नेछ। शिक्षामा गरेकाे मिहिनेतको फल मिल्ने छ।

    images
    प्रकाशित मिति :जेठ १७ २०८३ आइतवार - ०७:३६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij