२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । कोरोना महामारीविरुद्ध लड्न तिब्बतले नेपाललाई स्वास्थ्य सामग्री पठाएको छ ।
चीनको तिब्बतले नेपाललाई पठाएको स्वास्थ्य सामग्रीमा ८ सय भरिएका अक्सिजन सिलिन्डर, १० वटा अक्सिजन कन्सन्टेटर, ६ थान भेन्टिलेटर, २ सय आईसीयू बेड र १५ सय एन्टिजेन परीक्षण किट रहेका छन् ।
ती स्वास्थ्य सामग्री ततोपानी नाकामा चिनियाँ अधिकारीले नेपाल पक्षलाई हस्तान्तरण गरेका छन् ।
यस अघि पनि चीनले नेपाललाई महामारीका विरुद्ध स्वास्थ्य सामग्री पठाएको छ । चीनले नेपाललाई थप १० लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउने घोषणा गरिसकेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij