२०८२ भाद्र १२ गते बिहिवार
मोरङ । औषधिमा कालोबजारी गरेको आरोपमा प्रहरीले मोरङको विराटनगर–१५ स्थित जनता मेडिकल स्टोरका संचालकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार कालोबजारीको आरोपमा ३५ वर्षीय रवीकुमार रजकलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनलाई औषधिमा कालोबजारी गरेको सूचनाका आधारमा आइतबार दिउँसो पक्राउ गरिएको हो । अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij