२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कोरोना महामारीको बेला गरेको अनुगमनको तथ्य प्रस्तुत गर्दै मानवअधिकारको संरक्षण गर्न सरकारलाई आग्रह गरेको छ ।
सोमवार प्रेस विज्ञप्ति जारी गर्दै आयोगका प्रवक्ता सहसचिव डा. टीकाराम पोखरेलले कास्की, मोरङ, झापालगायत जिल्लामा अक्सिजन, आईसीयू तथा भेन्टिलेटरको अभावमा व्यक्तिहरूको ज्यान गएको तथ्य फेला परेको जनाएका छन् ।
विज्ञप्तिमा निषेधाज्ञाको समय वा अन्य समयमा पसल खोल्दा प्रहरीबाट कानूनबमोजिम कारबाही नगरी निर्घात कुटपिट तथा दुर्व्यवहार गरेको गुनासो प्राप्त भएको समेत जनाइएको छ ।
कोरोनाबाट उत्पन्न सबै असरको सम्बोधन गर्न, नागरिकहरूमाथि दुर्व्यवहार नगर्न, व्यक्तिको जीवन, स्वास्थ्य र दैनिक जीवनमा अत्यावश्यक पर्ने सेवा, वस्तुको पहुँच, आपूर्ति व्यवस्थापन तथा नियमन गर्न आयोगले सरकारलाई आग्रह गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij