२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिरहाले निषेधाज्ञामा खटिएका बेला होटलमा छिरेर जाँडरक्सी चोर्ने असई र जवान गरी ३ जनालाई निलम्बित गरेको छ ।
सिरहा प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी सहायक निरीक्षक (असई) नबलकिशोर ठाकुर, प्रहरी जवान अन्नुकुमार राय र नरेशकुमार रायलाई प्रहरी नियमावली–२०७१ बमोजिम निलम्बन गरेर अनुसन्धान भइरहेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको गस्ती टोलीले गढियाचोक आसपासका पसलहरू बन्द गराई निषेधाज्ञा कार्यान्वयनको क्रममा पूजा मदिरा होटलमा प्रवेश गरी प्रहरीले मदिरा चोरेको आरोप छ ।
होटलबाट प्रहरीले केही भोड्का रक्सी लिएर गएको भिडियो विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा अपलोड भई आलोचना भइरहेको अवस्थामा तीनै जनालाई निलम्बन गरिएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij