Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

बजेट संविधानसम्मत छ, पूर्ण बजेट ल्याउन पाइँदैन भन्नु तर्कसंगत भएन : अर्थमन्त्री पौडेल

बजेट संविधानसम्मत छ, पूर्ण बजेट ल्याउन पाइँदैन भन्नु तर्कसंगत भएन : अर्थमन्त्री पौडेल


  • 5.4K
    Shares

    बजेट संविधानसम्मत छ, पूर्ण बजेट ल्याउन पाइँदैन भन्नु तर्कसंगत भएन : अर्थमन्त्री पौडेल
    images

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले संविधानसम्मत बजेट प्रस्तुत गरिएको बताएका छन् । संसद् नभएको अवस्थामा जेठ १५ मै बजेट ल्याउनको लागि अध्यादेशबाट बजेट ल्याइएको उनको भनाइ छ ।

    शनिबार सरकारले ल्याएको बजेटबारे अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बजेट संविधानसम्मत छैन भन्ने विषयमा दुविधा राख्नुपर्ने आवश्यकता नै नभएको बताए। उनले पूर्ण बजेट ल्याउन पाइँदैन भन्नु तर्कसंगत नभएको जिकिर गरे।

    उनले बजेट कार्यान्वयन गर्ने प्रतिबद्धताका साथ आएको बताउँदै देखाउनको लागि मात्रै नभई कार्यान्वयन गर्न ल्याएको बताए। ‘बजेट कार्यान्वयनमा हामीले जोड दिन्छौँ’, उनले भने, ‘भोलिबाटै मन्त्रालयका विभिन्न कार्यक्रमलाई अघि बढाउँछौँ।’ उनले बजेट कोभिड रोकथाम तथा उपचारका केन्द्रित भएको दाबी गरे।

    ‘खोपको शीघ्र प्रबन्ध गरेर सबै नागरिकलाई उपलब्ध गराउने प्रयत्न गर्छौँ’, अर्थमन्त्री पौडेलले भने, ‘सरकार सम्पूर्ण सामथ्र्यका साथ नागरिकको जीवन बचाउन लाग्नेछ।’

    कोभिड प्रभावित क्षेत्रलाई पुनरुत्थान गर्नको लागि स्पष्ट दृष्टिकोणका साथमा बजेट ल्याएको उनले बताए। ‘अर्थतन्त्रलाई पुरानै गतिशील अवस्थामा फर्काउने आत्मविश्वासका साथ बजेट ल्याएको हुँ’, उनले भने।

    चुनावका लागि बजेट विनियोजन गरिएन भन्ने कुरा आएको छ नि भन्ने जिज्ञासामा उनले निर्वाचन गराउने राष्ट्रिय अभिभारा पूरा गर्न सरकारले सम्पूर्ण सामथ्र्य लगाउने बताए।

    निर्वाचनका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेको बताए पनि उनले कति बजेट विनियोजन गरिएको खुलाएनन्।सरकारले शनिबार आगामी आवको लागि कुल बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड विनियोजन गरेको थियो।

    प्रकाशित मिति :जेठ १६ २०७८ आइतवार - १६:२०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij