Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

‘युनिभर्सिटी अफ गुण्डाज’ मा सलिनमानको जोडी जापानिज मिना

‘युनिभर्सिटी अफ गुण्डाज’ मा सलिनमानको जोडी जापानिज मिना


  • 2.0K
    Shares

    ‘युनिभर्सिटी अफ गुण्डाज’ मा सलिनमानको जोडी जापानिज मिना
    images

    काठमाडौं । फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज’ मा अभिनेता सलिनमान बनियाँको जोडी जापानिज मिना यशोदा बन्ने भएकी छन् । निर्माण टिमले फिल्मको अभिनेत्रीका रूपमा यशोदालाई अनुबन्धित गरेको हो ।

    नेपाल र जापान दुवैको पारिवारिक पृष्ठभूमि (बुवा नेपाली र आमा जापानी) भएकी मिनाले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् । यशोदा जापानमै बस्दै आएकी छन् ।

    निर्माण पक्षले यशोदाको बारेमा थाप जानकारी पछि दिने भएको छ । सलिनमानकै कथा रहेको फिल्म सुरेश न्यौपानेले निर्देशन गर्दैछन् । फिल्मको मुख्य भूमिकामा सलिनमान र मिनाको अलवा सलोन बस्नेत पनि देखिनेछन् ।

    फिल्ममा सौरभ लामा (डिओपी), मन्दिप गौतम (स्क्रिन प्ले), रोमन बज्राचार्य (ब्याकग्राउण्ड स्कोर), सम्राट बस्नेत (एक्सन निर्देशन), मनोज श्रेष्ठ (भिएफएक्स), बन्दे प्रसाद (सम्पादन तथा ट्रेलर), मुकेश शाह (साउन्ड डिजाइन) र राजेन्द्र मोक्तान (कलर) मा काम गर्दैछन् । फिल्मको प्रोडक्सन म्यानेजरमा सुवास काफ्ले रहेका छन् । 

    images
    प्रकाशित मिति :जेठ ३ २०८३ आइतवार - १७:०८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij