Logo

२०८३ बैशाख २२ गते मंगलवार

२०८३ बैशाख २२ गते मंगलवार

सेना सुकुमबासी बस्ती भत्काउन होइन, सीमामा पठाऊ, नत्र राजीनामा देऊ: हर्क साम्पाङ

सेना सुकुमबासी बस्ती भत्काउन होइन, सीमामा पठाऊ, नत्र राजीनामा देऊ: हर्क साम्पाङ


  • 351
    Shares

    सेना सुकुमबासी बस्ती भत्काउन होइन, सीमामा पठाऊ, नत्र राजीनामा देऊ: हर्क साम्पाङ

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतले लिपुलेक हुँदै मानसरोबर जान बाटो खोल्दा नरोखेर सरकारले नायालकी देखाएको आरोप लगाएका छन् ।

    मंगलबार विज्ञिप्त जारी गर्र्दैै राईले सीमा नदी महाकाली मिचेर भारतले किनारै किनार बाटो बनाउँदा किन नरोकेको भन्ने प्रश्न गरेका छन् ।

    सडक निर्माण सकेर नाका सञ्चालनको चरणमा पुगिसक्दा समेत सरकारले अनदेखा गरेको भन्दै उनले आपत्ति जनाए । ‘नेपालको भू–भाग लिपुलेक हुँदै भारतले कैलाश–मानसरोबर जाने बाटो खोलिरहँदा के गरिराख्नु भएको थियो ? दार्चुलाको दुम्लिङसम्म बाटो पुर्‍याउन नसक्ने नालायक बनेर’, उनले भनेका छन्, ‘पारिपट्टि सीमा नदी महाकाली मिचेर भारतले बाटो बनाएर किनारै–किनार लगिरहँदा किन रोक्नु भएन ?’ ।

    साम्पाङले भारतलाई कूटनीतिक नोट पठाएर कर्मकाण्डी औपचारिकता निर्वाह गरेको आरोप उनले लगाए । साम्पाङले उक्त विषयमा संयुक्त राष्ट्रसंघको उपस्थितिमा नेपाल–भारत–चीन वार्ता गरेर सीमा जोगाउन आग्रह गरे ।

    यस्तै उनले नेपाली सेनालाई मन्त्रीको गाडीको ढोका खोल्ने काममा नभई सीमा रक्षाको काममा लगाउन भनेका छन् । ‘सेनालाई सिमानामा खटाउनू, मन्त्रीको गाडीको ढोका खोल्ने काममा होइन । व्यक्तिगत पाले बनाएर राख्ने होइन’, उनले भनेका छन् । सीमा रक्षकको रूपमा सेनालाई खटाउनु पर्दैन ?’ राईले सुकुमबासी बस्ती भत्काउने काममा सेना परिचालन गरिएकामा आपत्ति जनाए । सीमा क्षेत्रमा सेना नभएकै कारण सीमाना मिचिएको दाबी उनको छ । सेना सुकुम्बासी बस्ती भत्काउन जाँदा लाने होइन, त्यता सिमानामा पठाउनु ।

    सिमानामा सेना नभएकै कारण सिमाना मिचिएको छ,’ उनले विज्ञप्तिमा भनेका छन् । राईले सुकुम्बासी बस्तीमा व्यस्त डोजर रोशी खोला लगायत विभिन्न स्थानमा बाढीले भत्काएको बाटो खोल्न पठाउन माग गरेका छन् ।

    राईले मुलुकको अर्थतन्त्र सुधारको काम गर्न नसक्नेले राज्य चलाउन नसक्ने उल्लेख गर्दै विदेशी ऋण लिएर देश डुबाउने कार्य तुरुन्त रोक्न आग्रह गरेका छन् । उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सन्तुलनमा राखेर राज्य सञ्चालन गर्न नसक्ने भए राजीनामा दिएर मार्ग प्रसस्त गर्न सुझाएका छन् । ‘देशको अर्थतन्त्र सुधार गर्न नसक्नेले राज्य सञ्चालन गर्न सक्छ ? राज्यलाई सन्तुलनमा राखेर सञ्चालन गर्न नसक्ने, नजान्ने हो भने राजीनामा दिएर मार्ग प्रसस्त गर्नु पर्दैन ?’, राईले प्रश्न गरेका छन्, ‘गरिबको बास भत्काएर बिजोग, बेहाल स्थितिमा राख्नु हुँदैन ।’

    सरकारले के गर्दैछ भन्ने विषयको जानकारी जनतालाई हुनुपर्ने तर्क गर्दै लुकेर र भागेर नभई सञ्चारकर्मीको प्रश्नको जवाफ दिन आग्रह गरे । राईले आफ्ना प्रश्नको जवाफ नदिएसम्म प्रत्येक दिन यसरी नै ठुँगिरहने पनि स्पष्ट गरे ।

    images
    प्रकाशित मिति :बैशाख २२ २०८३ मंगलवार - १५:०६:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij