Logo

२०८३ बैशाख २२ गते मंगलवार

२०८३ बैशाख २२ गते मंगलवार

३२ वर्षीया महिलामाथि जबरजस्ती करणी

३२ वर्षीया महिलामाथि जबरजस्ती करणी


  • 1.0K
    Shares

    ३२ वर्षीया महिलामाथि जबरजस्ती करणी

    काठमाडौं । तनहुँमा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन्। ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भानु नगरपालिका-११ फेदी बस्ने ५१ वर्षीय सानु कान्छा भन्ने शम्भु लाल सार्कीलाई नियन्त्रणमा लिएको हो।

    शम्भुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो। पीडितको तर्फबाट परेको उजुरी लगत्तै प्रहरी चौकी रूपाकोटबाट खटिएको विशेष टोलीले सक्रियता बढाएर आरोपी सार्कीलाई सोमबार दिउँसो पक्राउ गरेको छ।

    पक्राउ परेका सार्कीमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा कानुनी प्रक्रिया अगाडि बढाइएको छ। इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको समन्वयमा यस सम्बन्धमा थप आवश्यक अनुसन्धान तथा कानुनी प्रमाण जुटाउने काम तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।  

    images
    प्रकाशित मिति :बैशाख २२ २०८३ मंगलवार - १३:५६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij