२०८३ बैशाख २२ गते मंगलवार
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुकुमबासी परिवारको विवरण सङ्कलन कार्य निकै तीव्र गतिमा अघि बढेको छ।
काठमाडौंका विभिन्न क्षेत्रबाट सुकुमबासी बस्ती हटाइएपछि मर्कामा परेका प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गर्ने क्रममा हालसम्म ३ हजार १ सय ११ परिवारले आफ्नो नाम दर्ता गराइसकेका छन्।
बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले संयुक्त रूपमा वैशाख १२ गतेदेखि रङ्गशालामै शिविर खडा गरेर काम सुरु गरेका हुन्। यस प्रक्रियालाई व्यवस्थित बनाउन र प्रभावित नागरिकलाई तत्काल राहत दिन रङ्गशालाभित्रै अन्य अत्यावश्यक सेवा पनि सञ्चालनमा ल्याइएको छ।
विवरण दर्ता गराउन आउने नागरिकका लागि स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको छ भने राष्ट्रिय परिचयपत्र बनाउने काम पनि सँगसँगै अघि बढाइएको छ।




© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij