Logo

२०८३ बैशाख २२ गते मंगलवार

२०८३ बैशाख २२ गते मंगलवार

‘ट्रु कलर’ मा साइबर ब्युरोको नाम राखेर ठगी धन्दा गर्ने गिरोह धरानबाट पक्राउ

‘ट्रु कलर’ मा साइबर ब्युरोको नाम राखेर ठगी धन्दा गर्ने गिरोह धरानबाट पक्राउ


  • 351
    Shares

    ‘ट्रु कलर’ मा साइबर ब्युरोको नाम राखेर ठगी धन्दा गर्ने गिरोह धरानबाट पक्राउ

    काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोको नाम दुरुपयोग गरी अनलाइन ठगीमा संलग्न गिरोहका चार जना पक्राउ परेका छन् । केन्द्रीय साइबर ब्युरोले इलाका प्रहरी कार्यालय धरानसँगको समन्वयमा आइतबार उनीहरूलाई धरानबाट पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरूमा दीपक लिम्बु, सौरभ भुजेल,सजल राई र सृजन थापा रहेका छन् । उनिहरुलाई आइतबार राति नै काठमाडौँ ल्याइएको साइबर ब्युरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिएका छन् । 

    उनीहरूविरुद्ध विद्युतीय माध्यमबाट हुने ठगी (साइबर अपराध) को कसुरमा जिल्ला अदालत काठमाडौँबाट चार दिनको म्याद थप गरी विस्तृत अनुसन्धान सुरु गरिएको गिरीले बताएका छन् ।

    प्रवक्ता गिरीका अनुसार गिरोहले टेलिग्राममार्फत पहिले नै ठगीमा परेका व्यक्तिहरूलाई पुनः निशाना बनाउने गरेको थियो । टेलिग्राम स्क्याममा परेका पीडितहरूलाई साइबर ब्युरोको अधिकारी बनेर फोन गर्ने र विश्वास दिलाउनका लागि ‘ट्रु कलर’ पमा समेत आफ्नो नम्बरमा ‘साइबर ब्युरो’ नाम देखिने बनाएका थिए।

    आरोपीहरूले पीडितलाई “तपाईँ पनि कारबाहीमा पर्न सक्नुहुन्छ” भन्दै डर देखाउने र कानुनी प्रक्रियाबाट बच्नका लागि रकम माग गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

    पक्राउ परेकाहरूले ठगीमा परेका व्यक्तिहरूको विवरण कहाँबाट प्राप्त गरे र हालसम्म कति रकम ठगी गरे भन्ने विषयमा ब्युरोले गहिरो अनुसन्धान गरिरहेको छ । साथै, यो गिरोह यसअघि अन्य किसिमका ठगी वा आपराधिक गतिविधिमा संलग्न भएरनभएको बारे पनि अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताएका छन् । 

     

     

     

    images
    प्रकाशित मिति :बैशाख २२ २०८३ मंगलवार - ११:४१:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij