Logo

२०८३ बैशाख २१ गते सोमवार

२०८३ बैशाख २१ गते सोमवार

जिप दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका छ जनाको सामूहिक अन्त्येष्टि

जिप दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका छ जनाको सामूहिक अन्त्येष्टि


  • 1.0K
    Shares

    जिप दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका छ जनाको सामूहिक अन्त्येष्टि

    काठमाडौं । रोल्पाको जलजलामा जिप दुर्घटनामा ज्यान गुमाएका रुकुमपूर्व सिस्ने गाउँपालिका-५ टाकुराका एकै परिवारका ६ जनाको पाँच दिनपछि सामूहिक अन्त्येष्टि गरिएको छ। विदेशमा रहेका आफन्तहरू आइपुगेपछि सोनोभेरी नदी किनारमा मृतकहरूको सामूहिक अन्त्येष्टि गरिएको हो। 

    अन्त्येष्टि गरिएका मृतकमा गोर्ख बहादुर बुढाथोकी, तिलकुमारी बुढाथोकी, युवा बुढाथोकी, दिव्यन बुढाथोकी र सुदीप बुढाथोकी रहेका छन्। एउटै घरबाट लगातार शवयात्रा निस्कँदा टाकुरा गाउँ शोकमग्न बनेको छ। 

    वैशाख पूर्णिमाको अवसरमा जलजला दर्शनका लागि जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जिप दुर्घटनामा परेर २० जनाको मृत्यु भएको थियो। दुर्घटनामा एक जना समीर कामी मात्रै गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका थिए।   

    images
    प्रकाशित मिति :बैशाख २१ २०८३ सोमवार - १७:४३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij