२०८३ बैशाख २१ गते सोमवार
काठमाडौं । एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बेलबारी नगरपालिका-२ बस्ने १९ वर्षीय प्रिन्स खाँ थारूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। थारुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij