Logo

२०८३ बैशाख २१ गते सोमवार

२०८३ बैशाख २१ गते सोमवार

रौतहटमा ५५ वर्षीया महिलालाई बोक्सी भन्दै मलमूत्र खुवाउने एक जना पक्राउ

रौतहटमा ५५ वर्षीया महिलालाई बोक्सी भन्दै मलमूत्र खुवाउने एक जना पक्राउ


  • 400
    Shares

    रौतहटमा ५५ वर्षीया महिलालाई बोक्सी भन्दै मलमूत्र खुवाउने एक जना पक्राउ

    काठमाडौं । रौतहटको कटहरिया नगरपालिकामा एक ५५ वर्षीया महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट र मलमुत्र खुवाउने अमानवीय कार्यमा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

    कटहरिया नगरपालिका वडा नं. ९ डुमरिया टोलमा शनिबार भएको उक्त घटनामा संलग्न रहेको आरोपमा ३० वर्षीय शंकर माझी पक्राउ परेका हुन्। स्थानीय गौरी साह कलवार लगायतका व्यक्तिहरूले ती महिलालाई ‘यो बोक्सी हो, यसले मेरो नातेदारको बालकलाई बिरामी बनाइदिएको छ’ भन्दै गालीगलौज, लछारपछार र कुटपिट गरेका थिए। 

    कुटपिटका क्रममा पीडित महिलालाई जवरजस्ती मलमुत्र समेत खुवाएर अमानवीय तथा अपमानजनक व्यवहार गरिएको प्रहरीले जनाएको छ। घटनापछि पीडित महिलाले आइतबार इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएकी थिइन्। 

    जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बिष्णु प्रदिप बस्यालका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ।

    images
    प्रकाशित मिति :बैशाख २१ २०८३ सोमवार - १०:४३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij