२०८३ बैशाख २१ गते सोमवार
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक सोमबार बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्न लागेको हो । आजको बैठकमा मन्त्रालयहरूको सङ्ख्या घटाउने र गाभ्ने विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय निकट स्रोतले दिएको जानकारी अनुसार हालका चार मन्त्रालय खारेज हुँदैछन् । त्यस्तै, अन्य ६ वटा मन्त्रालयको नयाँ नाम कायम गर्नेगरी काम अन्तिम चरणमा पुगेको छ ।
‘४ वटा मन्त्रालय खारेज भएर ६ वटाको नाम फेरिनेछन् । केहीलाई भने हाल रहेका मन्त्रालयबाट छुट्टाएर प्रधानमन्त्री मातहत नै राखिन्छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो । त्यस सम्बन्धी खाका आजको मन्त्रिपरिषद बैठकमा पेस हुने एक मन्त्रीले जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij