Logo

२०८३ बैशाख २१ गते सोमवार

२०८३ बैशाख २१ गते सोमवार

सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक

सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक


  • 400
    Shares

    सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक

    काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्याल (डीपी) ले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाएका छन् । 

    सभामुख अर्यालकी प्रमुख स्वकीय सचिव मुना कुँवरले सोमबार मध्यान्ह १२ बजे सिंहदरबारमा बैठक आह्वान गरिएको जानकारी दिएकी हुन् । 

    सत्ता पक्ष र विपक्षमा रहेका दलहरूका प्रमुख सचेतक सचेतकहरूसँग समसामयिक विषयमा छलफल गर्न सभामुख अर्यालले बैठक आह्वान गरेको कुँवरले जानकारी दिइन् । 

    प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधित्व गर्छन् ।

    images
    प्रकाशित मिति :बैशाख २१ २०८३ सोमवार - १०:२८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij