Logo

२०८३ बैशाख २१ गते सोमवार

२०८३ बैशाख २१ गते सोमवार

ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते

ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते


  • 624
    Shares

    ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते

    काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित ‘च गाउँ’ मा रहेको न्यू इँटा उद्योगमा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा एक बालक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार आइतबार राति काँचो इँटामा पानी सिँचाइ गर्ने क्रममा से १ त ८८७६ नम्बरको ट्याक्टरले ठक्कर दिएको हो ।

    मृत्यु हुनेमा भारतको उत्तर प्रदेश, बहराइच जिल्लाका २७ वर्षीय अजय कुमार र ९ वर्षीय पवन कुमार रहेका छन् । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि धनगढी ल्याइएको थियो ।

    उपचारका क्रममा अजयको सेती प्रादेशिक अस्पताल र पवनको नवजीवन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ११ वर्षीय घुर्रा कुमारको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

    उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ ।

    images
    प्रकाशित मिति :बैशाख २१ २०८३ सोमवार - १०:२४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij