२०८३ बैशाख २० गते आइतवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले आगामी चैत मसान्तसम्म सुकुमबासीको व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ । आइतबार बसेको सचिवालय बैठकले घरबाहर विहीन भएका सुकुमबासी कम्तीमा ७५ प्रतिशत समस्या हल गर्न सुझाव दिएको हो ।
यसको लागि अधिकार सम्पन्न प्राधिकार बनाउनु पर्ने पार्टीले निष्कर्ष निकालेको छ’, बैठकपछि प्रवक्ता मनिष झाले भने, ‘चैत मसान्तभित्र कम्तीमा ७५ प्रतिशत व्यवस्थापन गर्नुपर्ने र प्राधिकार गठन भएर लगत उपलब्ध नगरेसम्म अन्यन्त्र डोजर चल्ने छैन भन्ने सुनिश्चित गर्न सकारलाई सुझाव दिएको छ ।’
झाका अनुसार अधिकार सम्पन्न प्राधिकरण गठन गरेर प्राधिकरणले लगत उपलब्ध नगराएसम्मका लागि अब अपचलन गर्ने उद्देश्यले अधिग्रहण गरिएका संरचनाबाहेकको अरू ठाउँमा डोजर चल्ने छैन ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij