२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको रिटको सुनुवाइ शुक्रवारका लागि स्थगित गरिएको छ ।
आज दिउँसो ३ बजेका सम्मका लागि सुनुवाईको तयारी गरिएको भएपनि कानूनविद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएपछि आइतवारसम्मका लागि स्थगित भएको हो ।
कानूनविद् बन्दीले सर्वोच्चको संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठमाथी प्रश्न उठाएका थिए ।
न्यायाधीश श्रेष्ठले फागुन २३ गते तत्कालिन नेकपा विभाजित भएको फैसला सुनाएका थिए । नेकपा पार्टी न्यायाधीश श्रेष्ठको इजलासले टुक्राटुक्रा बनाइदिएको बताउँदै त्यसबाट मुद्दा प्रभावित हुने भन्दै उनीमाथि प्रश्न उठाएका हुन् ।
संसद विघटन विरुद्धको सुनुवाइ संवैधानिक इजलासमा आजबाट शुरु भएको हो । आज सुनुवाइ शुरु गर्दै प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराले एक रिट निवेदकलाई १० मिनेटको समयसीमा तोकिदिएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij