Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना


  • 526
    Shares

    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । आइतबार (वैशाख २०) दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा देशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।

    देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा मधेस प्रदेशलगायत कोसी प्रदेशको तराईको थोरै स्थानमा र बाँकी तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

    आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्याङ हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

    लुम्बिनी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ ।

    images
    प्रकाशित मिति :बैशाख २० २०८३ आइतवार - ०७:४०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij