Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

ईकु पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध

ईकु पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध


  • 260
    Shares

    ईकु पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    वर्षाका कारण आएको पहिराका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    यही वैशाख १६ गते सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोका कारण उक्त राजमार्ग शनिबारसम्म पनि सञ्चालन हुन नसककेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।

    उनले भने, “बाढीका कारण भोजपुर नगरपालिका–५ बोखिमको मइ पहाडी लोकमार्ग वैकल्पिक बाटो र पहिरोले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथले स्थित बेनी–जोमसोम सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ। अरनिको राजमार्ग भने पूर्ण रूपमा अवरुद्ध छ।”

    अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा आएका राजमार्गमा सुरक्षित एवं सावधानी अपनाएर यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

    images
    प्रकाशित मिति :बैशाख २० २०८३ आइतवार - ०६:५२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij