Logo

२०८३ बैशाख १९ गते शनिवार

२०८३ बैशाख १९ गते शनिवार

खुकुरी खोज्न गएका दुई जनाको भिरबाट लडेर मृत्यु

खुकुरी खोज्न गएका दुई जनाको भिरबाट लडेर मृत्यु


  • 491
    Shares

    खुकुरी खोज्न गएका दुई जनाको भिरबाट लडेर मृत्यु

    खोटाङ । खोटाङमा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका–५ पौवासेराका ५२ वर्षीय बमहादुर राई र ४० वर्षका मनीकुमार राईको भिरबाट लडेर मृत्यु भएको हो ।

    शनिबार दिउँसो दुवै जनाको स्थानीय ढकालेखोला भिरबाट खसेर घटनास्थलमै मृत्यु भएको बराहपोखरी–५ वडाध्यक्ष फौदराज राईले बताए ।

    शुक्रबार बमबहादुर गोठालो गएका बेला घाँस काट्न लाग्दा खुकुरी हराएका थिए । सोही खुकुरी खोज्न शनिबार छिमेकी मनीकुमार पनि साथी गएका थिए ।

    सोही क्रममा भिरबाट एक जना चिप्लिएपछि एकले अर्कालाई समाउँदा दुवै जना भिरबाट खसेको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । दुवै जनाको शव उदयपुरको बेलटार लगेर पोस्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    images
    प्रकाशित मिति :बैशाख १९ २०८३ शनिवार - १९:५३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij