Logo

२०८३ बैशाख १९ गते शनिवार

२०८३ बैशाख १९ गते शनिवार

राष्ट्रपतिद्वारा थप तीन अध्यादेश जारी

राष्ट्रपतिद्वारा थप तीन अध्यादेश जारी


  • 358
    Shares

    राष्ट्रपतिद्वारा थप तीन अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार थप तीन अध्यादेश जारी गरेका छन्। यसअघि बिहीबार र शुक्रबार गरी तीन अध्यादेश जारी गरेका थिए। 

    शनिबार स्वास्थ्य विज्ञान प्रतिष्‍ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्‍वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन्। 

    नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकारमा सिफारिसमा राष्ट्रपति पौडेलले तीन वटा अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन्। 

    यसअघि शुक्रबार राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका थिए।

    त्यस्तै, बिहीबार सहकारी (पहिलो संशोध) अध्यादेश, २०८३ र सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका थिए। 

    सरकारले आठ वटा अध्यादेश पठाएको थियो। त्यसमध्ये ६ वटा अध्यादेश जारी भएका छन्। अझै दुई वटा अध्यादेश राष्ट्रपतिको कार्यालयमा विचाराधीन छन्। 

    images
    प्रकाशित मिति :बैशाख १९ २०८३ शनिवार - १८:५३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij