Logo

२०८३ बैशाख १९ गते शनिवार

२०८३ बैशाख १९ गते शनिवार

आज यी स्थानमा असिनासहित वर्षाको सम्भावना

आज यी स्थानमा असिनासहित वर्षाको सम्भावना


  • 400
    Shares

    आज यी स्थानमा असिनासहित वर्षाको सम्भावना

    काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

    शनिबार बिहान कोशी प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। गएको चौबीस घन्टामा सातै प्रदेशमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    सबैभन्दा बढी सप्तरीको रूपानी बजारमा ११५ मिलिमिटर वर्षा भएको छ।

    सिन्धुलीको रानीचुरीमा ८८.८ मिलिमिटर वर्षा मापन भएको छ। कोशी प्रदेशका विभिन्न भूभागमा गएको चौबीस घन्टामा मध्यमदेखि भारी वर्षा भएका छन्। अन्यत्र हल्कादेखि मध्यम वर्षा भएका छन्।

    शनिबार दिउँसो कोशी, बागमती, गण्डकी  प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग हावाहुरी, असिना सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ।

    राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भु-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग हावाहुरी, असिना सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ।

    images
    प्रकाशित मिति :बैशाख १९ २०८३ शनिवार - ०७:२५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij