Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न सक्दैनः योगेन्द्र कुँवर

सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न सक्दैनः योगेन्द्र कुँवर


  • 323
    Shares

    सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न सक्दैनः योगेन्द्र कुँवर

    काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न नसक्ने बताएका छन् । 

    १३७ औँ अन्तराष्ट्रिय मजदुर दिवसको अवसर पारेर काठमाडौंमा आयोजित नेपाल ट्रेड युनियन काँग्रेसका राष्ट्रिय परिषद बैठकको उद्घाटन समारोहमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । विश्वभरका श्रमिकहरुले संघर्ष गरेर ल्याएको उक्त अधिकारलाई सरकारले निमोठन नसक्ने अध्यक्ष कुँवरले तर्क थियो । 

    उनले सरकारले भ्रमबश ट्रेड युनियन अधिकार खारेज गर्ने भने पनि त्यसको कार्यान्वयन हुन नसक्ने जिकिर पनि गरेका छन्। सरकारले त्यसलाई खारेज गर्ने प्रयास गरेर आफूहरुले सरकारलाई अन्तराष्ट्रि अदालतमा उभ्याउने अध्यक्ष कुँवरको चेतावनी थियो । 

    अध्यक्ष कुँवरले भने,‘ ट्रेड युनियन अधिकार हामीलाई कसैले दान दिएको अधिकार होइन । कसैले मायाले दिएको अधिकार होइन । हामीले लडेर, संघर्ष गरेर स्थापित अधिकार हो । विश्वभरीका श्रमिकहरुले स्थापित गरेको अधिकार हो । त्यसकारण यो अधिकारलाई कसैले कुल्चन सक्दैन । कसैले निमोठन सक्दैन । 

    images
    प्रकाशित मिति :बैशाख १८ २०८३ शुक्रवार - १७:१३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij