२०८३ बैशाख १८ गते शुक्रवार
काठमाडौं । बागमती प्रदेश सरकारले उपसचिव सहित १८ जना कर्मचारीको सरुवा गरेको छ । प्रदेश सरकारले आर्थिक वर्षको अन्तिम समयमा विभिन्न मन्त्रालय, निर्देशनालय तथा मातहतका कार्यालयहरूमा कार्यरत १८ जना कर्मचारीहरूको सरुवा गरेको हो ।
प्रमुख सचिव बाबुराम अधिकारीको निर्णय अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडाले नवौँ तह (उपसचिव) देखि पाँचौँ तहसम्मका अधिकृत र सहायक स्तरका कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
कार्यालयका अनुसार ३ जना उपसचिवसहित आठौँ तहका ४ जना, सातौँ तहका १ जना कर्मचारी रहेका छन् भने छैटौँ तहका ९ जना र पाँचौँ तहका १ जना कर्मचारी रहेका छन् । कार्यालयले प्रदेश नीति तथा योजना आयोगमा कार्यरत उपसचिव प्रतिभा पन्थीलाई प्रदेश सुशासन केन्द्र, जावलाखेलमा पठाएको छ भने उपसचिव अनिता तामाङलाई प्रदेश सुशासन केन्द्रबाट सहकारी तथा गरिबी निवारण मन्त्रालय, हेटौँडाको जिम्मेवारी तोकेको छ ।
अधिकृत स्तर आठौं सरुपा पाण्डेलाई पर्यटन कार्यालय, काठमाडौँबाट प्रदेश सुशासन केन्द्र, ललितपुर, सन्ध्या लामिछानेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश सुशासन केन्द्र, ललितपुरमा सरुवा गरिएको छ । अधिकतस्तर आठौं लेखनाथ खतिवडालाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय हेटौंडाबाट श्रम, रोजगार तथा यातायात मन्त्रालय हटौंडामा सरुवा गरिएको छ ।
सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव प्रदीपराज पौडेललाई प्रदेश सरकारी रजिस्ट्रारको कार्यालय, काठमाडौँमा सरुवा गरिएको छ । साना ठुला सवारी एकान्तकुना ललितपुरका अधिकृतस्तर आठौंमा कार्यरत अम्बिका घिमिरेलाई संस्कृति तथा पर्यटन मन्त्रालय हेटौँडा सरुवा गरेको छ । यातायात व्यवस्था कार्यालय, चितवनबाटमा कार्यरत कम्प्युटर अपरेटर दीपेश खनाललाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा सरुवा गरिएको छ ।
अधिकृत स्तर छैटौँ इन्द्र बहादुर कार्कीलाई यातायात व्यवस्था कार्यालय, साना ठुला सवारी ललितपुरबाट स्वास्थ्य मन्त्रालय हेटौँडामा, मुक्तिनाथ घिमिरेलाई यातायात व्यवस्था कार्यालय, काठमाडौँबाट सहकारी तथा गरिबी निवारण मन्त्रालय हेटौँडा, प्रेम प्रकाश घिमिरे यातायात व्यवस्था कार्यालय, भक्तपुरबाट वन तथा वातावरण मन्त्रालय हेटौँडा, जीवन कुमार बस्नेत यातायात व्यवस्था कार्यालय, भक्तपुरबाट खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय हेटौँडा, सुरेन्द्र गिरी व्यावसायिक कीट विकास फार्म, धादिङबाट श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडा, गोविन्द दुलाल ९ यातायात व्यवस्था कार्यालय, काठमाडौँबाट सहकारी तथा गरिबी निवारण मन्त्रालय हेटौँडामा सरुवा गरिएको छ ।
शिव प्रसाद भट्टराई अधिकृत सातौँलाई यातायात व्यवस्था कार्यालय, भक्तपुरबाट उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय हेटौँडामा सरुवा गरिएको छ भने श्रीधर पुडासैनी अधिकृतस्तर छैटौँलाई प्रदेश लोक सेवा आयोगबाट उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय हेटौँडा, कम्प्युटर अधिकृत, छैटौँ किशोर जोशीलाई शिक्षा विकास निर्देशनालयबाट प्रदेश लोक सेवा आयोग, पुरुषोत्तम मिश्रलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश लोक सेवा आयोगमा सरुवा गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij