Logo

२०८३ श्रावण २८ गते बिहिवार

२०८३ श्रावण २८ गते बिहिवार

फेरि खुल्यो जयनेपाल हल

फेरि खुल्यो जयनेपाल हल


  • 1.1K
    Shares

    फेरि खुल्यो जयनेपाल हल
    images

    काठमाडौं । लामो समयदेखि बन्द रहेको जयनेपाल हल शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ । शुक्रबार बिहान एक कार्यक्रमका बिच हलको सुरुवात गरिएको हो । सो अवसरमा नीर शाह, रवीन्द्र खड्का लगायत थुप्रै फिल्मकर्मी सहभागी थिए ।

    नेपाली फिल्म ‘लालीबजार’ प्रदर्शन गरेर हल सञ्चालनमा ल्याउने तयारी गरेका सञ्चालकले ‘लालीबजार’ रोकिएपछि ‘राजा शिवाजी’ रिलिज गर्दै सञ्चालनमा ल्याएको सञ्चालक मध्यका एक गोपाल कायस्थले बताएका छन् ।

    यसअघि क्यूएफएक्सको माउ कम्पनी क्वेस्ट इन्टरटेनमेन्टले सञ्चालनमा ल्याएको यो हल बन्द भएपछि बज इन्टरटेनमेन्टले सञ्चालनमा ल्याएको हो ।

    हलमा कुल ३०६ वटा सिट छन् । सुतेर हेर्ने दर्शकलाई ८०० रुपैयाँ, बालकोनीमा ५०० र सामान्य सिटको लागि ३५० रुपैयाँ शुल्क तोकिएको छ । यो हलका सञ्चालकमा बज इन्टरटेनमेन्टका रुपेश श्रेष्ठ र उत्सव शाही को सिन सहकार्य छ ।  

     

    images
    प्रकाशित मिति :बैशाख १८ २०८३ शुक्रवार - १६:४१:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij