२०८३ बैशाख १८ गते शुक्रवार
काठमाडौं । रोल्पाको जलजला भन्ने ठाउँमा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना एउटै परिवारका सदस्यहरू रहेको खुलेको छ ।
रुकुमपूर्वको सिस्ने गाउँपालिका-५ टाकुरा भन्ने ठाउँका एकै परिवारका ७ जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बीरेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
दुर्घटनामा परेर २० जनाले ज्यान गुमाएका थिए । तीमध्ये ९ जना दाङका व्यक्ति रहेको वडाध्यक्ष बस्नेतले बताएका छन् । ९ जना सिस्ने-५ टाकुराका र एक जना भूमे गाउँपालिका-५ का व्यक्ति रहेको उनले बताएका छन् । एकै परिवारका दुई दाजुभाइका ७ जनाले दुर्घटनामा ज्यान गुमाएका हुन् ।
उनका अनुसार, मृतकहरूको नाम संकलन हुँदैछ । जिप करिब ८ सय मिटर तल झरेको थियो । शुक्रबार बिहानैबाट सुरक्षाकर्मीसहितको पहलमा उद्धार गरेर अहिले थवाङतर्फ शव ल्याउन लागिएको हो ।
रुकुमपूर्वबाट थवाङ गाउँपालिका-१ जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप बिहीबार दिउँसो दुर्घटना भएको थियो । मृत्यु हुनेमा १२ जना महिला, ४ जना पुरुष र ४ जना बालक छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij