Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

बालेनलाई रक्षाको जवाफ: साँचो क्रान्ति ‘क’ बाटै सुरु हुन्छ प्रधानमन्त्री ज्यू

बालेनलाई रक्षाको जवाफ: साँचो क्रान्ति ‘क’ बाटै सुरु हुन्छ प्रधानमन्त्री ज्यू


  • 365
    Shares

    बालेनलाई रक्षाको जवाफ: साँचो क्रान्ति ‘क’ बाटै सुरु हुन्छ प्रधानमन्त्री ज्यू

    काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्री बालेन शाहलाई कडा जवाफ फर्काएकी छिन्। बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शाहले साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’  ज्ञान हो भनी सामाजिक सञ्जालमा धारणा राखेका थिए । 

    उक्त भनाइको प्रतिवाद गर्दै अभियन्ता रक्षा बमले भनेकी छिन्, साँचो क्रान्ति ‘क’ बाटै सुरू हुन्छ प्रधानमन्त्री ज्यू, र त्यो ‘क’ करूणा हो । 

    सुकुम्बासी बस्तीमा डोजर चलाएकोमा विरोध गर्दै आएकी बमले करुणा देखाउन प्रधानमन्त्रीलाई आग्रह गरेकी हुन् । 

    काठमाडौंका सुकुम्बासी बस्तीहरूमा डोजर चलाउने तयारी र कारबाहीलाई लक्षित गर्दै उनले सत्तामा पुगेपछि जनताप्रति करुणा देखाउनुको सट्टा शक्ति प्रदर्शन गर्नु राजनीतिक बेइमानी भएको आरोप लगाइन् । 

     

     

    images
    प्रकाशित मिति :बैशाख १८ २०८३ शुक्रवार - १२:५२:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij