Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

ठगीको आरोपमा सात जना पक्राउ

ठगीको आरोपमा सात जना पक्राउ


  • 904
    Shares

    ठगीको आरोपमा सात जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा सात जना पक्राउ परेका छन् ।

    केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरूलाई जापान, कोरिया र अमेरिकामा आकर्षक तलब प्राप्त हुने रोजगारी मिलाइलिदने भनेर ४५ जनाबाट तीन करोड १४ लाख ठगेको अभियोगमा बिहीबार पक्राउ गरिएको हो ।

    तेह्रथुमका सुरज लिम्बू, सोलुखुम्बुका कमलबहादुर मगर र सागर शेर्पा, काभ्रेपलाञ्चोकका विनोद थापा, सूर्यप्रसाद कोइराला, सरोज गौतम र प्रल्हाद खत्रीलाई पक्राउ गरिएको हो । अभियुक्त लिम्बू र मगरले जापानको प्रलोभनमा पारेर ११ जनाबाट एक करोड दुई लाख उठाएका थिए ।

    त्यसैगरी, थापाले कोरिया पठाइदिन्छु भन्दै २६ जना पीडितहरूबाट एक करोड ५० लाख, शेर्पाले फ्रान्सको प्रलोभनमा पारेर पाँच जनाबाट २८ लाख र गौतमले एक जनाबाट २७ लाख असुलेका जनाइएको छ ।  

     

    images
    प्रकाशित मिति :बैशाख १८ २०८३ शुक्रवार - ११:२७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij